Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नाडेप लघुवित्तले गरयो वित्तीय साक्षरता

उद्‌घोष संवाददाता
२ पुष २०८२, बुधवार

विराटनगर । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, विराटनगर शाखाले वित्तीय साक्षरता, केन्द्र प्रमुख गोष्ठी तथा धुप बनाउने सीपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

धुप बनाउने तालिममा ४० भन्दा बढी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण महिला उद्यमी तथा प्रशिक्षक सुनिता छाराहांगले दिएका थिइन ।

तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा आयआर्जनका नयँ अवसर सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । 

सोही अवसरमा केन्द्र प्रमुखहरूको भेला गराई वित्तीय साक्षरताका विषयमा जानकारी प्रदान गरिएको थियो । 

साथै उत्कृष्ट कार्यसम्पादन गर्ने तीन वटा केन्द्रका प्रतिनिधिलाई नगद पुरस्कारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा नाडेप लघुवित्त विराटनगर शाखा कार्यालयका प्रमुख रजिंत कुमार यादवले वित्तीय साक्षरताले आर्थिक अनुशासन, बचत संस्कार र उद्यमशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै संस्थाले वित्तीय सचेतनासँगै सीपमूलक तालिमलाई समेत प्राथमिकता दिदै आएको उल्लेख गरे ।

कार्यक्रममा इलाका प्रमुख सरोज प्रसाद घिमिरेले लघुवित्त कर्जा र बचत, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार विस्तार तथा लघुवित्तले समाजमा पारेको सकारात्मक प्रभावका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा युवा उद्यमी दिनेश श्रेष्ठ, नाडेप कटहरी शाखा प्रमुख सुजन खतिवडा, इटहरी शाखा प्रमुख जय प्रसाद गोपाल, सुन्दरहरैचा शाखा प्रमुख नेत्रमान डंगोल, इनरूवा शाखा प्रमुख राम अयोध्या यादवलगायतको उपस्थिति रहेको थियो ।

View : 307

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved