विराटनगर । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) द्वारा गत असारमा सञ्चालित परीक्षाको नतिजा प्रकाशित भएको छ । यस परीक्षामा प्रोफेसनल करियर एजुकेशन, विराटनगरका विद्यार्थी अङ्कित रायले चार्टर्ड एकाउन्टेन्ट (सीए) उपाधि हासिल गरेका छन् । उनले सीएको अन्तिम वर्षको परीक्षा क्याप थ्री उत्तीर्ण गरी सीए बनेका हुन् ।
सोही परीक्षाको क्याप वानमा यसै संस्थाबाट चार जना विद्यार्थीले विशिष्ट श्रेणीसहित कुल ४० जनाले सफलता प्राप्त गरेका छन् । विशिष्ट श्रेणी प्राप्त गर्ने विद्यार्थीहरूमा श्रेया निरौला, गरिमा भट्टराई, शुभमकुमार झा र कञ्चन अधिकारी छन् ।
यसैगरी, क्याप टूको नतिजामा नौ जना विद्यार्थीले पहिलो र दोस्रो दुवै क्याप उत्तीर्ण गरेका छन् भने अन्य १५ जनाले पहिलो क्याप उत्तीर्ण गरी अन्तिम वर्षमा प्रवेश गरेका छन् । अन्तिम वर्षको परीक्षामा तीन जना विद्यार्थीले एक सिंगल ग्रुप कटाउन सफल भएका छन् ।
नतिजापछि, सीए बनेका अङ्कित रायसहित सबै सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा एजुकेशनका निर्देशकहरू प्राडा प्रमोदकुमार झा, भेषराज पोखरेल, डा मनोज गुप्ता, प्रदीप भगत, सीए किञ्जल पोखरेल, शैलेन्द्र शिवाकोटी र आइक्यान विराटनगर शाखाका संयोजक सीए अश्विनी बंशल, विनयविष्णु केसी लगायतको उपस्थिति थियो ।
View : 469
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved