विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङले भारतबाट भन्सार छलेर मोटरसाइकल र सफारीमा हालेर ल्याइएको लत्ताकपडा र हरियो तरकारी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको लत्ताकपडा र तरकारी बोकेका तीनवटा मोटरसाइकल र सिटी सफारीसहित १४ लाख १२ हजार ३०० रुपैयाँ बराबरको सामान बरामद गरेको जनाइएको छ ।
भारतबाट अवैध बाटो प्रयोग गरी ल्याइएको लत्ताकपडाको मात्रै मुल्य १२ लाख २७ हजार ३०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको टोलीले उक्त लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनीले जनाएको छ ।
त्यस्तै बीओपी दरैयाबाट खटिएको मोबाइल गस्ती टोलीले सिटी सफारीमा ल्याइँदै गरेको एक लाख ८५ हजार रुपैयाँ बराबरको हरियो तरकारीसहित उक्त सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका सवारी साधनसहितका सामानलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved