Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सरस्वती मावि विराटनगरद्वारा चार शिक्षक सम्मानित

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

विराटनगर । विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयको ८३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा चार जना शिक्षक सम्मानित भएका छन् ।

विद्यालयमा लामो समयदेखि निरन्तर रूपमा शैक्षिक सेवामा समर्पित रही उत्कृष्ट शिक्षण योगदान पुर्‍याएको कदरस्वरूप शिक्षकहरू किशोर पोखरेल, हेमन्त कँडेल, घनश्याम दाहाल र शशिशेखर झालाई सम्मान गरिएको हो ।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । 

विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा देखिएको उल्लेखनीय प्रगतिलाई विशेष प्राथमिकताका साथ मूल्याङ्कन गरिएको विद्यालयले जनाएको छ ।

सम्मान तथा पुरस्कार वितरण विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत र विद्यालयकी प्रधानाध्यापक अनिता नेपाल पौडेलले संयुक्त रूपमा गरेका थिए ।

 कार्यक्रममा बोल्दै वडाध्यक्ष भगतले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । 

प्रधानाध्यापक पौडेलले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि निरन्तर प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

View : 197

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved