सुन्दरहरैंचा । चिसो बढेसँगै मोरङको सुन्दरहरैंचामा रहेको जनचेतना सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण सुरू गरेको छ ।
जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिताराम पाण्डेले जाडो मौसममा आगो ताप्न समस्या हुने परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले दाउरा वितरण गरिएको बताए ।
अध्यक्ष पाण्डेले सामुदायिक वनको स्रोतलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै स्थानीय बासिन्दाको आवश्यकता अनुसार सहयोग गर्दै आएको जानकारी दिए ।
उनले आगामी दिनमा पनि विपन्न तथा असहाय परिवारलाई आवश्यक सहयोग निरन्तर गरिने बताए ।
वन समूहले चिसोबाट बढी प्रभावित क्षेत्र, सार्वजनिक स्थान तथा विपन्न परिवारलाई लक्षित गरी दाउरा वितरण गरिएको जनाएको छ ।
स्थानीयवासीले वन समूहको पहलले जाडोयाममा राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
View : 230
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved