Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ-६ को अपडेट :

११ हजार मत गन्दा आधी मत रास्वपाकी आचार्यलाई, शेखर धेरै पछाडि

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणना जारी रहँदा रास्वपाकी उम्मेदवार रुविना आचार्यले खसेको मतको आधी मत एक्लै प्राप्त गरेकी छन् । 

निर्वाचन अधिकृतको कार्यालयले १ बजे सार्वजनिक गरेको मोरङ–६ को ताजा मतपरिणाम अनुसार आचार्यले सदर मत मध्ये ६ हजार १२६ मत प्राप्त गरेकी हुन् ।

यहाँ ११ हजार १३ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निकै पछि रहेका नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १३१२ मत मात्रै पाएका छन् । कडा प्रतिष्पर्धी भनिएका नेकपा एमालेका विनोद ढकाल तेस्रो मतमा सिमित भएका छन् । ढकालले १२२३ मत पाएका छन् । 

मोरङ–६ मा १ लाख ३७ हजार ८३२ मतदाता कायम थिए । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत अर्थात ९१ हजार २९२ मत खसेको थियो ।

View : 159

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved