विराटनगर । इलामबाट काठमाडौं गइरहेको एउटा कार उदयपुरमा गुडिरहेकै अवस्थामा आगो लाग्दा पूर्णरुपमा जलेको छ ।
बा ९ च ८६६८ नम्बरको फोर्ड कम्पनीको भीभो मोडलको कार गुडिरहेकै अवस्थामा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आगो लागेको प्रहरीले जनाएको छ । कारमा लागो लाग्दा ७ वर्षीय आरोन सेन्चुरी घाइते भएका छन् ।
कारका चालक इलामको चुलाचुली–५ का ४२ वर्षीय प्रेमकुमार सेन्चुरी, उनकी श्रीमती २७ वर्षीया अनिता सेन्चुरी र उनीहरूकै छोरा १४ वर्षीय आयुष सेन्चुरी भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइते भएका आरोन प्रेमकुमार र अनिताकै कान्छो छोरा हुन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जनाइएको छ ।
View : 248
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved