Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अष्ट्रेलियामा बन्यो विराटनगर समाज

उद्‌घोष सम्वाददाता
१३ कार्तिक २०८१, मङ्गलवार

विराटनगर । विराटनगरबाट अष्ट्रेलियामा गई बसोबास गर्दै आएका नेपालीहरूले ‘विराटनगर समाज अस्ट्रेलिया’ स्थापना गरेका छन् । 

अष्ट्रेलियाको सिड्नीमा भएको एउटा भेलाबाट विवेक पुरीको अध्यक्षतामा आठ सदस्यीय समाज गठन गरिएको जनाइएको छ । 

समाजको उपाध्यक्षमा टार्जन बुढाथोकी र महासचिवमा दिपेश धिमाल चयन भएका छन् । सचिवमा समीक्षा सुवेदी र कोषाध्यक्षमा रवि कार्की चयन भएका छन् । राज फुयाँल, अनुपमा बाँस्तोला र धिरज सिंह समाजको कार्यकारी सदस्य चयन भएको अध्यक्ष पुरीले बताए ।

समाज स्थापनाका लागि भेलाको उद्घाटन हिमालय मातृभूमि फाउन्डेसन नेपालका अध्यक्ष टिकाराम पुरीले गरेका हुन् । 

पुरीले युवाहरूले प्रवासमा सिकेका सीप र प्रविधिलाई स्वदेशमा प्रयोग गर्न सके नेपालको सम्बृद्धि हुने बताए । उनले नेपाली र गैरआवासीय नेपालीबीचको समन्वयलाई अझ बलियो बनाएर अघि बढ्नुपर्ने बताए । 

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्टस् एसोसिएसनका उपाध्यक्ष सत्य कँडेल, र अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष भूपाल सिटौला लगायतले शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष पुरीले भने विराटनगरवासीहरूको लागि मात्रै नभई अस्ट्रेलियामा रहेका नेपाली समुदायको एकताका लागि पनि सकृय रहने बताए । 

कार्यक्रममा समाजका उपाध्यक्ष टार्जन बुढाथोकीले स्वागत गरेका थिए । सदस्य अनुपमा बाँस्तोलाले सञ्चालन गरेकी थिइन् ।

View : 158

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved