Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटना अपडेट

कोशी ब्यारेजमा खसेको बसमा १७ जना, सबैको सकुशल उद्धार

उद्‌घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

विराटनगर । विराटनगरबाट उदयपुर सदरमुकाम गाईघाट जाँदै गरेको यात्रु बस बिहीबार साँझ कोशी ब्यारेजबाट कोशी नदीमा खस्दा घाइते भएका सबैको उद्धार गरिएको छ । 

बिहीबार साँझ करिब ६ बजेर १० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रु बस कोशीमा खसेको थियो ।

बसमा सवार रहेका महिला ६, पुरुष ६, बालबालिका २ र बसका चालक-सहचालकसहित ३ गरी १७ जना यात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोशी ब्यारेजको ३६ नम्बर ढोका नजिकैबाट बस नदीमा खसेको जनाइएको छ । सुनसरी र सप्तरीतर्फका प्रहरी र स्थानीयले बसबाट यात्रुहरुको उद्धार गरेका हुन् ।

दुर्घटनाको कारण भने खुलेको छैन । उक्त बस ब्यारेजको बारबाट उछिट्टिएर नदीमा खसेको थियो । पानीमा बस खसे पनि डुब्न नपाएकोले प्रहरीले यात्रुहरुको उद्धार गर्न सफल भएको जनाएको छ । 

उक्त बस कोशी ब्यारेजको नखोलिएको ढोकामा खसेकोले डुब्न नपाएको जनाइएको छ ।

View : 218

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved