विराटनगर । एपेन्डिक्स फुटेर शल्यक्रिया गरिएका अत्यन्तै कमजोर आर्थिक अवस्था भएका एक विद्यार्थीलाई विराटनगरको पोखरिया माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरूले सहयोग जुटाएका छन् ।
कक्षा १० को टेक्निकलमा अध्ययनरत विद्यार्थी लक्ष्मण मुखियाको उपचारका लागि शिक्षक कर्मचारीहरूले सहयोग स्वरुप जम्मा पारेको ७६ हजार रुपैयाँ बिहीबार विद्यार्थीका आफन्तलाई हस्तान्तरण गरिएको पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
मुखियाको विराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । मुखियाको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको जनाइएको छ ।
विद्यालयका शिक्षक कर्मचारीले विद्यार्थी मुखियाका आफन्तलाई अस्पतालमै पुगेर उक्त सहयोग रकम प्रदान गरेका छन् । मुखिया सप्तरीको राजगढ गाउँपालिका–२ बनिनिया निवासी हुन् ।
View : 1434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved