Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

तेजस्वीको कारोबार साढे दस करोड

उद्‌घोष सम्वाददाता
१९ मंसिर २०८०, मङ्गलवार

विराटनगर : विराटनगर–५ स्थित तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सभापति रमेशकुमार आचार्यको अध्यक्षतामा भएको सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

संस्थाले आव २०७९–८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी एक करोड २४ लाख ४९ हजार ३ सय ९५ रकमको नाफा नोक्सान हिसाब विवरण, १० करोड ४० लाख ९० हजार ९ सय ६७ को वासलात तथा नगद प्रवाह विवरण, शेयरमा भएको परिवर्तनको विवरण साधारणसभाले पारित गरेको थियो ।

साथै आव २०८०–८१ का लागि १ करोड ५९ लाख ९२ हजार १ सय २० अनुमानित आयव्यय विवरण (बजेट) तथा वार्षिक कार्यक्रम, संस्थाको निर्वाचन कार्यविधि २०८०, आन्तरिक लेखा परीक्षण कार्यविधि २०८० पारित गरेको छ ।

यसैगरी संस्थाको विनियम २०६९ मा संशोधन प्रस्ताव स्वीकृत गरेको उक्त साधारणसभामा शेयर सदस्यका छोराछोरी २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट  अंक प्राप्त गर्ने  वर्षना रेग्मी र स्तुति रेग्मीलाई पुरस्कारसहित सम्मानित गरिएको थियो । सो साधारण सभामा ४३० शेयर सदस्यहरुको उपस्थिति थियो । कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा डिल्ली पोखरेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
 

View : 211

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved