Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाको राजदूतमा सिफारिस

उद्घोष सम्वाददाता
१४ साउन २०८१, सोमवार

विराटनगर । नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाको राजदूतमा सिफारिस भएकी छन् । सरकारले आज पाँच देशका राजदूत फिर्ता बोलाउने र १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गर्दा डा. तुम्बाहाम्फे दक्षिण कोरियाका लागि सिफारिस भएकी हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट तुम्बाहाम्फेको नाम राजदूतमा सिफारिस भएको हो । उनी प्रतिनिधि सभाको पूर्व उपसभामुख र सरकारको कानुनमन्त्री समेत भइसकेकी छन् । उनी मोरङकै उर्लाबारी नगरपालिका- ७ की हुन् ।

स्रोतका अनुसार सरकारले चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, रूसका मिलन तुलाधर, अस्ट्रेलियाका कैलाशराज पोखरेल, श्रीलङ्काबाट वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको जनाइएको छ ।

राजदूत फिर्ता बोलाएका मुलुकबाहेक अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, साउदी अरब, इजरायल, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको छ । भारतमा यसअघि फिर्ता बोलाइसकेका शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको पनि जनाइएको छ ।

View : 392

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved