Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सहकारी संघको नेतृत्वमा पुनः डा डिल्ली पोखरेल

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेश सहकारी संघ लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा अधिवेशन मंगलबार विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ ।

विराटनगरमा आयोजित उक्त सभाले डा डिल्ली पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई समाधान गर्न नेतृत्वले विशेष पहल गर्नुपर्ने बताए ।

उनले सहकारीलाई केवल बचत र ऋणमा मात्र सीमित नराखी उत्पादन र रोजगारीसँग जोडेर प्रदेशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

अधिवेशनले आगामी कार्यकालका लागि डा डिल्ली पोखरेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा खगेन्द्रप्रसाद सुवेदी, उपाध्यक्ष शारदा थापामगर, सचिव युवराज भट्टराई र सहसचिवमा टामन सिग्देल छन् ।

त्यसैगरी सञ्चालक सदस्यहरूमा फौद सुवेदी, अनुराज पाठक, विश्वनाथ पराजुली, गंगाप्रसाद दाहाल, शरणकुमार पराजुली र डुफ बास्तोला छन् ।
 

लेखा समिति पनि सर्वसम्मत

संघको लेखा सुपरिवेक्षण समिति संयोजकमा खोमप्रसाद बगाले चयन भएका छन् भने सदस्यहरूमा लक्ष्मीनारायण चौधरी र पार्वती बराल छन् ।

नवनिर्वाचित अध्यक्ष डा डिल्ली पोखरेलले प्रदेशभरिका सहकारी संस्थाहरूको साझा अभिभावकीय भूमिका निर्वाह गर्दै सङ्लांघई अझ सशक्त र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोशी प्रदेशका सबै जिल्लाबाट सहकारीकर्मी प्रतिनिधिहरू उपस्थिति थियो ।

View : 725

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved