Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

रोटरीका पूर्व गभर्नर सन्तोष रिजालको निधन

उद्‌घोष संवाददाता
२० वैशाख २०८३, आइतवार

Advertisement

विराटनगर । रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व गभर्नर तथा अन्तर्राष्ट्रिय जेसिज (जेसीआई) का पूर्व उपाध्यक्ष सन्तोष रिजालको ६९ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचाररत रिजालको आइतबार निधन भएको हो ।

विराटनगर–२, तीनपैनी निवासी स्वर्गीय रिजालले वि.सं. २०६८ सालमा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ को गभर्नरको जिम्मेवारी सफलतापूर्वक निर्वाहगरेका थिए।

सामाजिक सेवा, मानवीय सहयोग, शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता क्षेत्रमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

 

रोटरी अभियानसँगै उनी नेपाल जेसिजको पूर्व अध्यक्षसमेत   थिए । । जेसिज अन्तर्राष्ट्रिय (जेसीआई) को उपाध्यक्ष पदमा पुग्ने उनी पहिलो नेपाली थिए , जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

 

स्वर्गीय रिजालको आइतबार नै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको  राेटरियन हिमालय मानन्धरले बताए । उनकाे परिवारमा श्रीमती नविनिता  तथा दुई छोरीहरू श्रीया र स्वेच्छा छन् ।

उनको असामयिक निधनप्रति विभिन्न संघसंस्था तथा व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । रोटरी क्लब विराटनगरका अध्यक्ष टीपी आचार्यले रिजालको निधनले सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए।  अध्यक्ष आचार्यले दिवंगत आत्माको चिरशान्ति र बैकुण्ठवासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

View : 348

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved