Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कृषकलाई उन्नत जातको मकैको बिउ वितरण

उद्घोष सम्वाददाता
६ मंसिर २०८१, बिहिवार

विराटनगर, ६ मंसिर  । विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । 

कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गरे ।

कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाका अनुसार महानगर क्षेत्रका १८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिएको छ ।

कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई बीउ वितरण गरिने उनले बताए । विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved