झापा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई सुशासनसँगै समृद्धिको नमूना प्रदेशको रुपमा बिकास गर्ने बताएका छन् । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशलाई सबै पक्षबाट बलियो प्रदेशको रुपमा बिकास गर्ने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाको बिर्तामोडमा आयोजित चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सबै राजनीति दललाई मिलाएर जिम्मेवारी प्रदान गर्ने योजना बनाएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले ‘अन्य प्रदेश भन्दा अब्बल र नमूना प्रदेशको रुपमा कोशी प्रदेशलाई चिनाउनेछु ।’
युवा विदेशिंदा उमेर र जवानीसहित सबैथोक बिदेशमै सकेर फर्किन्छ्न् भन्ने बुझाई गलत भएको भन्दै उनले बिदेसिने युवाले बिदेशमा केही सीप, ज्ञानसहित अर्थआर्जन गरेकोसमेत उनले बताए । एउटा बोल्ने र अर्को काम गर्ने शैलीले राजनीति क्षेत्रमा समस्या निम्तेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेता आफै जादुगरजस्तै भएको उदाहरणसमेत दिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले झापाको बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकालाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।
समाजले यसअघि झापाको शरणामती गाउँपालिकामा ४० लाखको घर आवस र विभिन्न गाउँपालिकामा एम्बुलेन्स प्रदान गरिसकेको छ ।
सो महाधिवेशनबाट झापाली अन्तर्राष्ट्रिय समाजको अध्यक्षमा चन्द्रगढीका मुकुन्द ढुंगाना चयन भएका छन् । यसैगरी बाह्रदशीका महेन्द्र चौलागाईं वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा चन्द्रगढीका भूपाल सिटौला, चूडामणि कार्की, महिला उपाध्यक्ष शर्मिला बस्नेत छन् ।
त्यस्तै, समाजको महासचिवमा नविन पोखरेल पुनः सर्वसम्मत भएका छन् । सचिवमा रविन गिरी चयन भएका छन् भने ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका उमेश पोखरेल, सहसंयोजकमा निराजन प्रसाईं, मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरेबियाका राजेन्द्र थापा, सहसंयोजकमा कतारका भवानी कोइराला चयन भए ।
एशिया प्रशान्त क्षेत्रीय संयोजकमा जापानका मेघराज नेपाल, संयुक्त राज्य अमेरिका संयोजकमा प्रसन्न संग्रौला चयन भएका छन् । समाजको सदस्यहरुमा देवीबहादुर कार्की (साउदी), उत्तम गुरुङ (कतार) चयन भएका भएका छन् ।
२१ सदस्यीय कार्यसमितिको कोषाध्यक्ष, एक सचिव, प्रवक्ता र अन्य सदस्यहरु पछि मनोनयन गरिने जनाइएको छ । समाजका अध्यक्ष दीपकप्रसाद ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
View : 113
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved