संखुवासभा । बारीमा फलेको कांक्रा चोरेको आरोपमा एक महिलाले पुरुषको हत्या गरेकी छन् ।
संखुवासभाको चिचिला गाउँपालिका–४ मा शनिबार पहिलाले पुरुषलाई खुकुरी प्रहार गरेर हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मध्यान्ह १२ बजे ४२ वर्षीया दुर्गामाया गुरुङको बारीमा काक्रा टिपेका भीमबहादुर गुरुङसँग विवाद भएको थियो ।
विवादका क्रममा दुर्गाले भीमलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घरमा एक्लै बस्दै आएकी दुर्गाको घरको आँगनमा भीमबादुरको शव फेला परेपछि अनुसन्धान गरिएको थियो ।
केही घण्टाअघि नै उनको मृत्यु भइसकेको अवस्थामा प्रहरी त्यहाँ पुगेको थियो । घटना बारीमा कांक्रो चोरी गरेको विषयमा भएको उनले बताए ।
दुर्गाालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट प्रहरीले खुकुरी बरामद गरेको छ ।
दुर्गा नियन्त्रणमा अँएपछि दुई बीच भएको विवाद प्रहरीले थाहा पाएको थियो । पहिले घुँडामा खुकुरी प्रहार गरेपछि भीमबहादुर लडेका थिए ।
त्यसपछि ढाडमा र टाउकोमा काटेर दुर्गाले हत्या गरेको प्रहरीको भनाइ छ ।
View : 58
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved