विराटनगर । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्राण्डले यसपालिको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक पक्का उपहार पाउने अवसर पाउनुका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बम्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ ।
यो उपहार योजनामा सहभागी हुन ग्राहकहरुले सेन्साइका सामान खरिद पश्चात विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो बिवरण भरी पठाउनु पर्नेछ ।
सो योजनाअन्तर्गत ४३ इन्चसम्मको टिभीको खरिदमा आकर्षक क्यासब्याक तथा सो भन्दामाथिको टीभीको खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सक्नेछन् ।
साथै रेफ्रिजेरेटर, भ्याकुमक्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्ने जनाइएको छ । सेमि अटोमेटिक वासिङ मेसिनमा ३ केजी एरियल र फ्रन्ट लोड वासिङमा ६ केजी एरियल पाउनेछन् ।
सेन्साइको टिभीको खरिदमा ९ महिनाको निःशुल्क नेट टीभीको सदस्यता पनि पाइने कम्पनीले जनाएको छ ।
View : 266
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved