Biratnagar, Morang, Nepal
१४ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सशस्त्र प्रहरीले समायो ५ टन काँचो केरा र ट्रक

उद्‌घोष संवाददाता
१४ असार २०८३, आइतवार

Advertisement

सुनसरी । भारतबाट अवैध रुपमा ल्याइएको पाँच टन काँचो केरा र ट्रक सशस्त्र प्रहरी बल सुनसरीले नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको गस्ती टोलीले आइतबार बिहान ७ः०० बजेतिर सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सीमा क्षेत्रबाट केरा र ट्रक नियन्त्रणमा लिएको हो । 

साइकलमा हालेर भारतबाट अवैध रूपमा नेपाल ल्याइएको काँचो केरा लोड भइरहेको को १ ख ७४६८ नम्बरको आइसर ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

केराको मूल्य ४ लाख रुपैयाँ रहेको छ । त्यस्तै करीव ३० लाख रुपैयाँ बराबरको ट्रकसहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

View : 43

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved