विराटनगर । झापा जिल्लाको गौरीगञ्ज खण्डमा कन्काइ नदीमा पुल बन्न सुरु गरेको १४ वर्ष भयो, तर अझै पूरा भएको छैन ।
भद्रपुर–रंगेली–विराटनगर जोड्ने हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज सीमा भएर बग्ने कन्काई नदीमा पुल नबन्दा छोटो दुरीको यो राजमार्ग पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन ।
पुल नबन्दा हिउँदमा व्यक्तिगत लगानीमा बनाइएको बाँसेपुल (चचरी) बाट शुल्क तिरेर मोटरसाइकल, साइकल वारिपारि गर्छन् ।
तर, चारचक्के सवारीसाधन भने झण्डै ५० किलोमिटर घुमाउरो बाटो भएरमात्रै वारिपारि हुन सक्ने स्थानीय वासिन्दा बताउँछन् ।
२०६८ सालमा सम्झौता भई चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्नेमा पुल कहिलेसम्म बनिसक्छ अझै अत्तोपत्तो नभएको स्थानीय वासीले बताए ।
तस्वीर : विक्रम निरौला/उद्घोष
View : 238
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved