Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
वातावरण

बुढीगंगामा भेटियो गोमन प्रजातिको अति बिषालु 'मोनोकल्ड’ सर्प

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

Advertisement

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अति बिषालु गोमन प्रजातिको ‘मोनोकल्ड कोब्रा’ सर्प भेटिएको छ । बुढी गंगा गाउँपालिकाको वडानम्बर १ का दुर्गाप्रसाद भट्टराईको घरमा सो सर्प भेटिएको हो । 

विराटनगरको उत्तरी सिमाना नजिकैको उज्यालो टोलका भट्टराईको घरको सिढी मुनिबाट सो सर्पलाई उद्धार गरिएको छ । 

विराटनगर महानगरपालिकाका सर्प उद्धारक शम्भु घिमिरेले सो सर्पको उद्धार गरेका हुन् । उद्धार गरिएको सर्प डिभिजन वन कार्यालय मोरङको पिञ्जडामा लगेर राखिएको छ । 

उक्त सर्प समातेर झोलामा राख्ने क्रममा धेरै मात्रामा बिष फालेको सर्प उद्धारक घिमिरेले जानकारी दिए । 

बुढीगंगामा भेटिएको सो सर्प यसअघि जेठ महिनामा विराटनगरको विभिन्न दुई ठाउ“मा भेटिएको प्रजातिकै सर्प रहेको घिमिरेले बताए । 

गत जेठ १० गते विराटनगर–४ स्थित नोबेल अस्पताल परिसरमा पहिलोपटक सो सर्प फेला परेको थियो भने जेठ १५ मा फेरी सोही आकृतिको अर्को सर्प आयल निगम नजिकै विराटनगर–४ का धर्मदेव यादवको घरहाताभित्र रहेको करेसाबारीबाट उद्धार गरिएको थियो । 

पहिलो पटक भेटिएको सर्प उद्धार गर्ने क्रममा घिमिरेको अनुहारमा बिष फाल्दा उनी घाइते भएका थिए । 

स्वभावतः मोनोकल्ड कोब्रा फुकेर बिष फाल्ने प्रजातिको नभए पनि बढी रिसाएर उत्तेजित भएको अवस्थामा मोनोकल्ड भित्रकै केही प्रजातिले थुक्ने गोमनजस्तो बिष फाल्नसक्ने अध्ययन अनुसन्धानहरुमा देखिएको छ । 

यो सर्प को बिष स्नायूलाई असर गर्ने हुन्छ । नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड, चीन, कम्बोडिया र मलेशिया लगायतको देशमा यो सर्प पाइन्छ ।

View : 1020

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved