Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मा मतगणना सुरु (फोटोमा हेर्नुहोस्)

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना केहिबेर अघि सुरु भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गर्ने सहमति गरेपछि अहिले मतगणना सुरु भएको जनाइएको छ ।

मतपरिणाम गणनाको दुई–दुई घण्टामा सार्वजनिक गर्ने जनाइएको छ । दुई ठाउँमा मतगणना हुँदैछ । 

एउटा ठाउँमा वडा नम्बर २ को धार्नेखोप आधारभूत विद्यालयको मतगणना सुरु भएको हो ।

फाकफोकथुकको गणना सकिएपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र अन्तिममा इलाम नगरपालिकाको मत गणना गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । 

सोमबार बेलुकासम्म अन्तिम परिणाम सार्वजनिक गर्ने गरी गणना अघि बढाइएको जानकारी दिए । 

इलाम सदरमुकामस्थित गौतम बुद्ध टाउन हल (सिटी हल) मा कडा सुरक्षा व्यवस्थाको साथमा मतगणना अघि बढेको जनाइएको छ । 

शनिबार सम्पन्न उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । त्यहाँ कुल १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । 

निर्वाचन अधिकृतको कायाृलयका अनुसार इलाम नगरपालिकामा २० हजार ६६५, देउमाई नगरपालिकामा १५ हजार ९८०, माङ्सेबुङ गाउँपालिकामा ७ हजार २०६, चुलाचुली गाउँपालिकामा ११ हजार १९८, माइ नगरपालिकाको वडा नं. ६, ७, ८ मा ४ हजार ६३९ र फाकफोकथुम गाउँपालिका गाउँपालिका ९ हजार ६०४ मत खसेको जनाइएको छ ।

View : 114

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved