विराटनगर । निजी तथा आवासीय विद्यालय संघ नेपाल (एन–प्याब्सन) को आयोजनामा विराटनगरमा विद्यालयस्तरीय भएको हाजिरीजवाफ प्रतियोगितामा विराटनगर कञ्चनबारीमा रहेको अरिहन्त इङ्लीस बोर्डिङ स्कुल प्रथम भएको छ ।
शनिबार विराटनगर महानगरस्तरीय हाजिरीजवाफमा माथिल्लो कक्षाको वरिष्ठ र तल्लो कक्षाका कनिष्ठ दुवै प्रतियोगितामा अरिहन्त प्रथम भई पुरस्कृत भएको छ ।
वरिष्ठतर्फ क्रिसेन्ट पब्लिक स्कुल दोस्रो, ग्लोबल एकेडेमी तेस्रो पुरस्कार र मदर मेरी स्कुलले चौथो भई सान्त्वना पुरस्कार प्राप्त ग¥यो । यस्तै कनिष्ठतर्फ ग्रिनपिस द्वितीय, मणिताराले तृतीय पुरस्कार र विद्याभूमि स्कुल चौथो भई शान्त्वना पुरस्कार प्राप्त गर्यो ।
पुरस्कृत विद्यालयका सहभागी विद्यार्थीलाई एन–प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल, मोरङ अध्यक्ष इन्द्रनारायण साह,सचिव भानीरुद्ध चौधरी, विराटनगर नगर अध्यक्ष मो सोहिलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
View : 2784
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved