न्याउरीलाई थापेको पासोमा हात्तीको मृत्यु प्रकरण
विराटनगर । विद्युतीय पासोमा हात्ती परेपछि मोरङ जिल्ला अदालतले थुनामा पठाएका बेलबारी–३ का तेजबहादुर राईको विषयमा उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको छ ।
भदौ १८ गते मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले तेजबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सोहीविरूद्ध तेजबहादुर उच्च अदालत गएका थिए ।
यसबारे बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो ।
घरमा पालेको कुखुरा जोगाउन भन्दै न्याउरी मार्न थापेको त्यही पासोले ४७ वर्षीय तेजबहादुरलाई यतिबेला जेल पुर्याएको छ ।
गएको साउन २९ को राति हात्तीको बच्चा पासोमा परेपछि साउन ३० गते मंगलबार बिहान बेलबारी–३ मा रहेको स्थानीय विनोद थापाको निजी वनभित्र मृत फेला परेको थियो ।
त्यहाँ सो पासो कसले राख्यो भन्ने खोजी हुादा सोही ठाउँका तेजबहादुर राईले पनि कुरा नलुकाई ‘पासो त मैले नै राखेको थिए । घरमा पालेको कुखुरा खाएर न्याउरी मुसाले सोत्तर पार्यो, न्याउरी मार्न थापेको थिए । हात्ती पो आएर मरेछ’ भनेका थिए ।
उनलाई सोही आधारमा नियन्त्रणमा लिएर वन प्रशासनले मुद्दा चलाएको थियो ।
View : 93
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved