Biratnagar, Morang, Nepal
२० साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

उद्‌घोष संवाददाता
१७ साउन २०८३, आइतवार

Advertisement

जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ ।

आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार (हिजो) सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो । 

थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडौं पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरे ।

हिजो दुई चरणमा भएको छलफलमा १३ बुँदे मागपत्र गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । तर कतिपय मागहरु प्रष्ट नभएको र केही मागहरु थप्नुपर्ने भन्दै हिन्दूवादी युवाहरुले विरोध जनाएका थिए ।

त्यसपछि आइतबार विहान गृहमन्त्री गुरुङले पुनः वार्ता आह्वान गरेका थिए ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved