Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशी अस्पतालको मेसुमा डा. रामनारायण

उद्‌घोष संवाददाता
२२ पुष २०८२, मङ्गलवार

विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा बरिष्ठ चिकित्सक डा. रामनारायण चौधरी नियुक्त भएका छन् । वर्तमान मेसु डा. रुणा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकका रुपमा फर्किएकी छन् । 

कोशी अस्पतालको मेसु नियुक्त भएका डा. रामनारायण चौधरी ११ औं तहका अनुभवी वरिष्ठ चिकित्सक हुन् । 

उनी अस्पतालमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (बाल रोग विशेषज्ञ) का रुपमा कार्यरत थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालका मेसु फेरिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

कोशी अस्पतालमा विगतमा तारन्तार मेसु परिवर्तन हुँदै आएकोमा डा. रुणा झाले भने १५ महिना कार्यकाल सम्हाल्दै काठमाडौं फिर्ता हुने भएकी हुन् ।

View : 94

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved