Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जेनिथ कलेजको वार्षिकोत्सव

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । 

१७ वर्षअघि स्थापना भएको उक्त कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य लगायत विभिन्न गतिविधि गरिएको थियो । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सहनियन्त्रक ईश्वर भण्डारी र कलेजका शिक्षक सरोज पोखरेललाई सम्मान गरिएको थियो । पोखरेल कलेजमा १४ वर्षदेखि कार्यरत छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले पोखरेललाई सम्मान गरिन् । 

त्यस्तै २०८२ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिपदास श्रेष्ठले बताए । कलेजमा ३ सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

View : 425

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved