Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दलभित्र अपाङ्गताको सार्थक सहभागिताको खोजी

उद्‌घोष सम्वाददाता
१५ साउन २०८१, मङ्गलवार

विराटनगर । राजनीतिक दलभित्र अपाङ्गता भएका व्यक्तिहरुको सार्थक सहभागिता हुनुपर्नेमा यस क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरुले बताएका छन् । नेत्रहिन युवा संघ मोरङले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारबारे मंगलबार विराटनगरमा छलफल चलाएको हो ।

कार्यक्रममा दलहरुमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

संघले सरकारसम्वद्ध सरोकारवाला पक्षहरुलाई २० बुँदे ध्यानाकर्षण समेत गराएको हो । संघका कार्यक्रम अधिकृत जीवन आचार्यले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भूमिका दिन नसकेको गुनासो गरे । उनले अपाङ्गता भएका व्यक्तिका सानासवालहरुमा पनि राज्यको ध्यान पुग्न नसकेको गुनासो गरे । 

राज्यले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता तथा प्रतिनिधित्वलाई संकुचित गरेका कारण मौजुदा निर्वाचन सम्बन्धि कानुनमा तत्काल संशोधन आवश्यक रहेको बताए ।

निर्वाचन ऐन २०७४ को दफा १३(ञ) मा मानसिक सन्तुलन ठिक नभएको भन्ने शब्दावलीलाई थप परिभाषित नगरी अपाङ्गता भएका व्यक्तिहरुलाई उम्मेदवार हुनबाट बञ्चित गरिएको संघका अध्यक्ष दुर्गानाथ योगीले बताए । उनले राजनीतिक सहभागिता तथा प्रतिनिधित्व संकुचित हुने गरी कायम रहेका कानुनलाई संशोधन गर्न माग गरे ।

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved