Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बृहत सहकारीमा नयाँ नेतृत्व

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर ।  विराटनगर–१६ स्थित बृहत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले तार्विनकुमार शाहको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरेको छ ।  संस्थाको १५ वर्षे यात्रा पूरा भएको अवसरमा आयोजित सभाले नयाँ कार्यसमिति र लेखा समितिको चयन गरेको हो ।

साधारणसभाबाट गठित सात सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा महेश्वरी बस्नेत खत्री, सचिवमा चन्दनकुमार शाह सोनार र कोषाध्यक्षमा निरजकुमार पौद्दार चयन भएका छन् । यस्तै, सञ्चालक सदस्यहरूमा रामकुमार पाण्डे, देवनारायण महतो र इब्राहिम अन्सारी छन् । यसैगरी, नारायण ठाकुरको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा सावित्रा खनाल र प्रकाश कर्ण छन् ।  

निवर्तमान अध्यक्ष योगेन्द्र शाह सम्मानित

साधारणसभाका अवसरमा संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष योगेन्द्र शाहलाई विशेष सम्मान गरिएको छ । संस्थाको स्थापना कालदेखि १५ वर्षसम्म निरन्तर नेतृत्व गर्दै सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम राख्न पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो ।

जिल्ला सहकारी संघका सचिव राकेश दाहाल, मिल्स माविका प्रधानाध्यापक बिन्दुकुमार लावती लगायतकोे उपस्थितिमा  साधारणसभा सम्पन्न भएको थियो ।

View : 302

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved