विराटनगर । पतञ्जली योग समिति र नागरिक आरोग्य सेवा केन्द्र रंगेलीको आयोजना पतञ्जली मोरङ र जिल्ला आयुर्वेद सेवा केन्द्र मोरङको आयोजनामा मोरङको रंगेली–३ रञ्जनी बजारमा सातदिने योग विज्ञान शिविर शनिबार सम्पन्न भएको छ ।
रंगेली नगरपालिकाको सहयोगमा भएको सो शिविरको समापन रंगेलीका मेयर दिलिप अग्रवाल (बगडिया) ले होममा चरु हाली गरेका थिए ।
सो अवसरमा मेयर अग्रवालले रंगेली नगरपालिकाका सबै वडामा योग जागरण ल्याउन नगरवासीका लागि प्रत्येक वडाको प्रतिनिधित्व हुने गरी योग शिक्षक प्रशिक्षक प्रशिक्षण शिविर आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे । रंगेली –३ वडाध्यक्ष भरतप्रसाद प्रसाईले आफ्नो वडाले योग मार्फत नगरका सबै वडालाई जोड्नका लागि शिविर लगाइएको बताए ।
आयोजक पतञ्जली रंगेलीका अध्यक्ष गुरुप्रसाद अधिकारी, आजीवन सदस्य चन्द्रमणि गुरागाईं, पतञ्जली योग समिति कोशीकी सचिव शोभा कोइराला, मोरङ अध्यक्ष सुरेश अग्रवाल, सचिव ऋषि खतिवडा, शोभा विष्ट खतिवडा, मुना राजभण्डारी, ज्ञानु बोगटी, बन्दना कटवाल लगायतले शिविरको सहजीकरण गरेका थिए ।
View : 850
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved