विराटनगर । मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्च विराटनगरले सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई विर्यानी लगायतका खाद्यान्न र पानी वितरण गरेको छ ।
जेनजी आन्दोलनपछि भएको तोडफोड र आजजनीपछि सडकमा परिचालित संयुक्त सुरक्षाफौजलाई खटिएकै ठाउँमा पुगेर मानवीय सेवा गरेको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी दिए ।
मञ्चका सदस्य सत्यप्रकाश जैनका अनुसार वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय रानी, सीमा क्षेत्रका नेपाली र भारतीय सुरक्षाकर्मीहरुलाई समेत विर्यानी, चाउचाउ, मोमो पानी वितरण गरिएको छ ।
मञ्चमा आवद्ध युवाहरुले शनिबार जिल्ला प्रशासन कार्यालय मोरङको भवन परिसर सरसफाइ गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रशासन लगायतका सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरिएको थियो ।
View : 247
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved