सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिकामा जंगली हात्तीबाट हुने मानवीय क्षति, किसानको बालीनाली तथा भौतिक संरचनामा भइरहेको क्षतिलाई न्यूनीकरण गर्न सेन्सर बत्ती जडान गरिने भएको छ ।
हात्ती प्रभावित क्षेत्रहरूमा सेन्सर बत्ती जडान गर्नु जंगली जनावरलाई बस्तीमा प्रवेश गर्न नदिने एक वैकल्पिक उपायका रूपमा लिइएको छ ।
सुन्दरहरैचाको बागझोडाबाट हसिना सिमसारसम्मका सबै विद्युत् पोलहरूमा सेन्सर बत्ती जडान गरिने योजना अनुसार यही माघ महिनाको दोस्रो सातादेखि काम सुरु गरिने जानकारी दिइएको छ ।
समाजसेवी तथा राजनीतिकर्मी लता न्यौपानेको नेतृत्वमा सरोकारवालाहरूसँग नगरपालिका र सुरक्षा निकायसँगकोे छलफलपछि सो कार्य अघि बढाइएको हो ।
सेन्सर बत्ती जडानका लागि गत असोज महिनामै टेन्डर प्रक्रिया सम्पन्न भइसकेको थियो ।
फागुनसम्मको सम्झौता अवधि भए तापनि विभिन्न कारणले हालसम्म कार्य सुरु हुन नसकेको बताइएको छ । अब भने सबै तयारी पूरा भएकाले निर्धारित मितिबाट काम थालिने नगरपालिकाले जनाएको छ ।
स्थानीयवासीहरूले यस कदमले जंगली हात्तीको त्रास कम हुनुका साथै जनधनको क्षति घट्ने विश्वास व्यक्त गरेका छन् ।
View : 629
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved