विराटनगर : नेपाल कम्युनिष्ट पाटी एमाले विराटनगर महानगर कमिटीको आठौं विस्तारित बैठकले ८ बुँदे प्रस्ताव पारित गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत झुलाघाटदेखि पौवाभञ्ज्याङसम्मको पार्टीको संकल्प यात्रामा सहभागी हुन आयोजक कमिटी गठन गरी १९ वटै वडाबाट अनिवार्य सहभागिता जनाउने निर्णय गरेको छ ।
संकल्प यात्रामा सहभागिताका लागि मंसिर २८ गते बसन्तपुर जान विराटनगर महानगरका दक्षिणतर्फका ६ वटा वडाका लागि बसको व्यवस्था समेत मिलाइने भएको छ ।
संगठानात्मक कार्य गरी टोल भेलामार्फत टोल कमिटी गठन गर्ने, वडा तथा नगर कमिटीलाई व्यवस्थित गर्ने, जनसवालका कार्यअर्न्तगत विद्यालय शैक्षिक सुधार, स्वास्थ्य क्षेत्रको समस्याका बारेमा जानकारी लिई पार्टीका तर्फबाट जितेर गएका आफ्ना वडाध्यक्षहरूमार्फत सार्वजनिक सुनुवाइका कार्यक्रम गर्ने लगायतका प्रस्ताव बैठकबाट पारित गरिएको बताइएको छ ।
बैठकले विभिन्न वडाका टोल कमिटी र जनवर्गीय संगठनमा रही काम गर्दै आएका १०० जनालाई महानगर सदस्यमा मनोनित गरिएको अध्यक्ष सागर थापाले जानकारी दिए ।
View : 407
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved