Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका महिला सांसदहरूले मुख्यमन्त्रीसँग मागे समावेशी बजेट

उद्‌घोष संवाददाता
१३ जेठ २०८३, बुधवार

विराटनगर । कोशी प्रदेश सभाका महिला सांसदहरूले आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रूपमा लैङ्गिक समावेशी, समानुपातिक र विभेदरहित बनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण गराएका छन् ।

उपसभामुख सुजना दनुवारको नेतृत्वमा महिला सांसदहरूले हस्ताक्षरसहित मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

उनीहरूले महिला, दलित, आदिवासी, अपाङ्गता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिकलगायत सीमान्तकृत समुदायको सशक्तिकरणका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् ।

लैङ्गिक उत्तरदायी बजेट प्रणालीको प्रभावकारी कार्यान्वयन, जेसी परीक्षण, महिला तथा बालबालिका हिंसा न्यूनीकरण, उद्यमशीलता, स्वास्थ्य, शिक्षा र सुरक्षित मातृत्व कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

कुनै पनि ठूलो योजना स्वीकृत गर्दा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको पक्षलाई अनिवार्य रुपमा समेट्न आग्रह गरेका हुन् । 

महिला सांसदहरूले विगतको बजेटभन्दा यसपटकको बजेट विभेदपूर्ण भयो भने असहमति जनाउने समेत चेतावनी दिएका छन् । 

उनीहरूले प्रदेश सरकारलाई समृद्ध र न्यायपूर्ण कोशी प्रदेश निर्माणका लागि बजेटलाई समावेशी, समानुपातिक र परिणाममुखी बनाउन आग्रह गरेका छन् ।

View : 155

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved