विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको नवनिर्वाचित कार्यसमिति र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीबीच चिनजान भएको छ । प्रजिअ यादवको कार्यकक्षमा पुगेको अधिकारीसँग भेट गरेको छ ।
एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा पूर्वअध्यक्ष सृजन प्याकुरेल र वर्तमान कार्यसमितिको संयुक्त टोलीले प्रजिअ यादवबीच एक अर्कामा बधाई ज्ञापन तथा व्यापार व्यवसाय सम्बन्धि छलफल भएको जनाइएको छ ।
सो अवसरमा प्रजिअ यादवले युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै राम्रो काम गर्न तथा युवा उद्यमशिलता बढाउन आग्रह गरेका थिए । साथै, व्यापार व्यवसाय वा अन्य कुनैपनि समस्या भए जानकारी गराउन उद्यमीको टोलीलाई आग्रह गरेका थिए ।
एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सिग्देलले उद्यमीहरूको सहयोगी भावनाको सम्मान गर्दै स्थानीय प्रशासनलाई सरोकारका विभिन्न विषयमा सहयोग गर्न तयार रहेको बताए ।
उनले युवा व्यवसायीका समस्या समाधान गर्न बुँदागत रुपमा आफ्ना सुझाव पेश गर्ने प्रजिअ यादवलाई जानकारी गराएका थिए ।
View : 439
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved