काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचकले बढोत्तरीको क्रमलाई यथावत राखेको छ।
नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा रहँदा कारोबार रकम भने अघिल्लो दिनका तुलनामा घटेको छ ।
फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र अन्यबाहेक ९ समूहका सूचक बढेका छन् ।
उत्पादन तथा प्रशोधन सर्वाधिक १.६३ प्रतिशतले बढेको छ । लगानीकर्ताहरु जलविद्युत कम्पनीमा आकर्षित रहेको कारोबारले देखाएको छ ।
१०३ कम्पनीको सेयरमूल्य घटेको छ भने १४५ कम्पनीको बढेको छ । सर्वाधिक राप्ती हाइड्रोको सेयर ९.९७ प्रतिशतले बढेको छ ।
धौलागिरि लघुवित्तको ९.८०, वीन नेपाल लघुवित्तको ९.१६ र सिन्धु विकास बैंकको ७.८१ प्रतिशतले बढेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको कारोबार भएको बजारमा साहस ऊर्जा पहिलो नम्बरमा रह्यो ।
उक्त कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख, बुटवल पावरको ३० करोड ७५ लाख र सप्तकोशी विकास बैंकको २५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यसअघि आइतबार बजार २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा रहँदा ७ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
View : 264
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved