Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्लान्ट मर्मत तालिम सम्पन्न

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा केशरी पावर सोलुसनसँगको समन्वयमा प्लान्ट मेन्टिनेन्स सम्बन्धी  १५ दिने तालिम सम्पन्न भएको छ ।

प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका गर्ने उद्देश्यका सञ्चालित तालिममा सुनसरी र मोरङका उद्योग प्रतिष्ठानका २० जना प्राविधिकहरुको सहभागिता रहेको थियो । 

तालिममा उद्योगमा प्रयोग हुने मेसिन तथा उपकरणहरूको सुरक्षित, निरन्तर तथा प्रभावकारी सञ्चालन र प्लान्ट मेन्टिनेन्सका विविध विषयहरु समेटिएको थियो । 

त्यसैगरी डिजेल जेनेरेटरको संरचना, सञ्चालन विधि, नियमित जाँच प्रक्रिया तथा आकस्मिक अवस्थाका लागि डिजेल जेनेरेटरको सुरक्षित प्रयोगबारे जानकारी, सम्भावित खराबी हुनुअघि नै मेसिनको अवस्था मूल्यांकन, नियमित निरीक्षण, लुब्रिकेशन तथा आवश्यक समायोजनका उपायका वारेमा तालिम अवधिमा सिकाइएको थियो ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेकोले परिवर्तित परिवेशमा उद्योगका प्राविधिक जनशक्तिलाई समयसापेक्ष सीप र दक्षताले  सुसज्जित गर्नु अत्यन्त आवश्यक भएको वताए । 

उनले यस प्रकारको तालिमले उद्योगका मेसिनहरुको आयु बढाउँदै उत्पादकत्वमा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

View : 111

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved