Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वमन्त्री राईद्वारा १० जनालाई ह्वीलचियर प्रदान

उद्‌घोष सम्वाददाता
२९ कार्तिक २०८१, बिहिवार

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् ।

सांसद राईले चौबिसे गाउँपालिकाका–६, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक–एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।

अपाङ्गता भएका सहिदभूमि–२ का तीर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग पनि गरेका छन् । 

उनले चौबिसेकी कान्छीमाया लिम्बू, देवीमाया राई, मिकमाया माझी, शान्तकुमारी लिम्बू, कृष्णकुमारी राई र सम्झना विश्वकर्मालाई ह्वीलचियर प्रदान गरेका छन् । 

धनकुटा नगरका ज्यूबहादुर राई तथा पाख्रीवासका पर्शुराम शर्मा र लक्ष्मीमायाँ थापालाई ह्वीलचियर प्रदान गरिएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका सांसद राईले अपाङ्गता भएका व्यक्तिहरूलाई हिंड्डुल गर्न सजिलोका लागि ह्वीलचियर प्रदान गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

उनका अनुसार सांसद राईले पाख्रीवास–७ स्थित प्रगति सेवा समाजलाई पनि सहयोग गरेका छन् । राज्यमार्फत आफूले पाउने पारिश्रमिकबाट सांसद राईले सो समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्न एक लाख नगद प्रदान गरेका हुन् ।

View : 104

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved