इटहरी । इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड’ हुने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिको आयोजनामा ‘कोशी एक्सिलेन्स अवार्ड’ को तयारी गरिएको जनाइएको छ ।
उक्त मिडिया प्रालिले आफ्नो अनलाइन प्रदेश खबर स्थापनाको तेस्रो वर्षमा प्रवेश गर्न लागेको अवसरमा आउँदो फागुन ७ गते भव्य कार्यक्रमका साथ अवार्ड आयोजना गर्न लागेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए ।
उनले कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यस्तो किसिमको अवार्ड अन्तरगत शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्ससहित विभिन १३ वटा विधामा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।
चार सदस्यीय निर्णायक समितिले कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदानका लागि सिफारिस गर्नेछन् ।
उक्त अवार्ड प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख आतिथ्यतामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गरिने अधिकारीले बताए ।
View : 49
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved