Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

अरनिको सहकारीमा नेतृत्व यथावत

उद्घोष सम्वाददाता
१८ कार्तिक २०८०, शनिवार

विराटनगर : अरनिको सहकारी संस्था विराटनगरको शनिबार सम्पन्न १५ औं साधारणसभा पुरानै नेतृत्वलाई यथावत राख्दै सम्पन्न भएको छ ।

सो संस्थाका ज्येष्ठ शेयर सदस्य आशकरण राठीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष हरिभक्त सिटौलाले चालु आर्थिक वर्षसम्मको ३८ करोड बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारणसभाले ज्येष्ठ शेयर सदस्य आशकरण राठीको सम्मान गर्नुका साथै उत्कृष्ट बचतकर्ता सुरेशकुमार वंशल र उत्कृष्ट कारोबारकर्ता पवित्रादेवी यादवलाई सम्मान गरेको छ । त्यसैगरी १२ कक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्य पारश कोइरालाका छोरा करण कोइराला र सहकारीमा कार्यरत कर्मचारी ललिता दाहालकी छोरीलाई नगद रकमसहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाको उद्घाटन सत्रमा आशकरण राठी, सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशचन्द्र पोखरेल, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार दिनेश सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभाले पुरानै कार्यसमितिलाई सर्वसम्मत रूपमा नयाँ कार्यकालका लागि चयन गरेको छ । समितिमा अध्यक्ष हरिभक्त सिटौला, उपाध्यक्ष शिवशंकर अग्रवाल, सचिव गोपालप्रसाद पाण्डे, कोषाध्यक्ष पुण्यप्रसाद घिमिरे छन् ।

सदस्यहरूमा भरतबहादुर थापा, कृष्णगोपाल दाहाल, विनोदकुमार लोहिया, सोमराज थापा, पवित्रा खड्का बस्नेत र सुभाष सञ्जेल छन् ।

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved