विराटनगर । गरिमा विकास बैंकले आफ्ना ग्राहकलाई विराट नर्सिङ होममा उपचार गर्दा छुटको व्यवस्था गरेको छ ।
अस्पताल र बैंकबीच भएको सम्झौता अनुसार आफ्ना ग्राहकहरुका लागि सो सुविधा ल्याएको गरिमा विकास बैंकले जनाएको छ । सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख रक्षा भट्ट र नर्सिङ होमका तर्फबाट उपाध्यक्ष निकिता कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार रूटिन ल्याब इन्भेस्टिगेसनमा १५ प्रतिशत छुट हुने भएको छ भने एक्सरे, शल्यक्रिया र बेडचार्जमा समेत १५ प्रतिशत छुट हुने भएको छ । यस्तै गरिमा विकास बैंकका ग्राहकलाई एमआरआई र सिटीस्क्यानमा क्रमशः ७ सय ५० रूपैयाँ र ५ सय छुट हुने भएको छ ।
आइसीयू, एनआइसीयू, भेन्टिलेटर इसीजी र यूएसजीमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।
View : 183
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved