Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिनील्यान्डले जित्यो राष्ट्रपति रनिङ शिल्ड

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

मिनील्यान्डले जित्यो राष्ट्रपति रनिङ शिल्ड

रंगेली । रंगेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड मिनील्यान्ड इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । 

३२ अंकसहित मिनील्यान्डले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी पब्लिक माध्यमिक विद्यालयले २३ अंकका साथ दोस्रो स्थान प्राप्त गरेको छ । 

महालक्ष्मी माध्यमिक विद्यालय २१ अंकका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । 

शनिबार सकिएको प्रतियोगितामा २७ वटा सामुदायिक विद्यालय र १४ वटा संस्थागत विद्यालयबाट करिब ४ सय जना विद्यार्थी खेलमा सहभागी भएका थिए । 

विभिन्न खेल विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

समापन कार्यक्रममा रंगेली नगरपालिकाकी कार्यवाहक प्रमुख भुमाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, शिक्षा अधिकृत लीलादेवी ओझा, शिक्षा समितिका सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष भरतराज प्रसाईं लगायतले विजेता विद्यार्थीहरुलाइ बधाई दिएका थिए ।

View : 53

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved