Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आगलागी पीडितलाई राहत सामग्री प्रदान

उद्‌घोष संवाददाता
७ चैत २०८०, बुधवार

Advertisement

विराटनगर । मोरङको रंगेली नगरपालिका–३ बाबुसाहेबमा गत शनिबार भएको आगलागीबाट पीडित २८ परिवारलाई नेपाल उद्योग परिसंघ कोशी प्रदेश र मोरङ व्यापार संघले राहत सामग्री हस्तान्तरण गरेका छन् ।

आगलागीबाट बिस्थापित भएका परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समन्वय समिति मोरङसँगको समन्वयमा बुधबार राहत सामग्रीहरू प्रदान गरिएको हो । 

विस्थापित २८ परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने चामल, दाल, तेल, चिउरा, चाउचाउ लगायत एक लाख रूपैयाँ बराबरको सामग्रीहरू हस्तान्तरण गरिएको जनाइएको छ ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, कोशी प्रदेश सभा सदस्य जीवन आचार्य, सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी प्रमुख बिश्वबन्धु खड्कालगायत स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

View : 505

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved