Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

पर्यटन बर्षको अवसरमा हिमालयन दर्शन कजेलका विद्यार्थीको र्‍याली

उद्‌घोष सम्वाददाता
२८ चैत २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटनको अवसरमा विराटनगर–९ स्थित हिमालय दर्शन कलेजका विद्यार्थीहरुले प्रभातफेरी निकालेका छन् । 

सो कलेजमा होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुको समूहले प्रभातफेरी निकालेका हुन् ।  

कलेज परिसरबाट निकालिएको प्रभातफेरीका सहभागी विद्यार्थीहरूले ट्राफिक चोक, रोडशेष चोक सहित महानगरका विभिन्न भागको परिक्रमा गरेका थिए । 

चैत २७ बाट सुरु गरेको कोशी पर्यटन वर्षको प्रवद्र्धनको उद्देश्यसहित प्रभातफेरी निकालिएको हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले बताए । 

प्रभातफेरीका सहभागीले ‘ए हजुर घुम्न जाने कता सगरमाथा भेटिन्छ जता’,‘नेपाल सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको उपहार’ र ‘पर्यटनको यात्रा समृद्धिको भविष्य’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । होटल व्यवस्थापन पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित रहेकाले प्रभातफेरी निकालिएको कलेजकी संकाय प्रमुख अञ्जु भुजेलले बताइन् ।

पर्यटन वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डको समन्वयमा कलेजका विद्यार्थीहरूलाई सहभागी गराएर टुरिज्म रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट क्लब समेत गठन गरिएको उनले जानकारी दिइन् ।

View : 76

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved