इनरुवा । नेपाल बार एशोशिएशन जिल्ला बार इकाई सुनसरीमा आवद्ध नयाँ कानुन व्यवसायीहरुलाई व्यवसायीक क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरको सहयोग तथा सुनसरी बार इकाईको आयोजनामा चार दिवसीय क्षमता अभिवृद्धि तालिम शुरु गरिएको हो ।
तालिममा नवोदित कानून व्यवसायीको सकारात्मक सोच, मुलुकी देवानी र मुलुकी फौजदारी कानूनको सिद्धान्त, मुद्दाको क्षेत्राधिकार, मुद्दा प्रयोग हुने नजिर सिद्धान्त, मुद्दामा आई पर्ने समस्याहरु लायतका विषयमा सहभागीहरुलाई जानकारी दिइने वार अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
सो तालिममा ३५ जना बढी नवोदित कानुन व्यवसायीहरुको सहभागिता छ ।
View : 156
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved