Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मेची भन्सारबाट निर्यात घट्यो

उद्घोष सम्वाददाता
१७ भदौ २०८१, सोमवार


भद्रपुर, १७ भदौ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा  एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ ।

जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो । 

कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा  दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो ।

यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् । 

प्राप्त विवरणअनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा  ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमश ३८ दशमलव ०८ र ४३ दशमलव ४९ प्रतिशतले बढी हो । 

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउन महिनाको तुलनामा यो ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले घटेको हो । 

यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउली लगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ । रासस

View : 61

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved