सुन्दरहरैंचा : मोरङको विराटचोकस्थित यामाहा शोरूमद्वारा आयोजित रेजर माइलेज च्यालेन्ज र्याली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विराटचोकका राजन पोखरेल विजेता बनेका छन् ।
७७ किलोमिटर प्रति लिटर पेट्रोल खपतमा पोखरेल प्रथम भएका हुन् । त्यस्तै ७६.३३ किलोमिटर प्रति लिटर खपत गरेर महेश तामाङ पहिलो उपविजेता र ७६ किलोमिटर प्रति लिटर खपत गरेर निशा अधिकारी दोस्रो उपविजेता भएकी छन् ।
सुन्दरहरैंचाको यामाहा सोरूम विराटचोकबाट सुरु भएको यात्रा लेटाङ पुगेर सम्पन्न भएको थियो । सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी हुँदै लेटाङसम्मको यात्रामा प्रतियोगीहरूलाई आयोजकबाट ट्राफिक नियमको जानकारी समेत गराइएको थियो ।
View : 227
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved