Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विश्वनवकार महामन्त्र दिवस विराटनगरमा सम्पन्न

उद्‌घोष संवाददाता
२६ चैत २०८२, बिहिवार

विराटनगर । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेशनको महिला विभागको आयोजनामा बिहीबार विराटनगरको जैन भवनमा विश्व नवकार महामन्त्र दिवस मनाइएको छ।  

आयोजक संस्थाकी सचिव दीपिका सुरानाका अनुसार विश्वशान्ति, विश्वकल्याण तथा आत्मशान्तिको कामनासहित विश्व नवकार महामन्त्र दिवस मनाइएको हो । 'प्रेयर फर पिस प्रोग्राम' नाम दिइएको यो कार्यक्रम नेपालसहित विश्वका १०८ देशमा एकै साथ एकै समयमा सञ्चालन गरिएको उनले बताइन्।

जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेशन महिला विभाग विराटनगरकी अध्यक्ष सन्तोष जैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नवकार महामन्त्रको महत्त्वबारे प्रकाश पारिएको थियो। यो मन्त्र कुनै जाति, धर्म, सम्प्रदाय वा विशेष देवता वा व्यक्तिमा केन्द्रित नभई अर्हत, सिद्ध, आचार्य, उपाध्याय र साधुहरूलाई नमन गर्ने सार्वभौमिक मन्त्र रहेको उल्लेख गरिएको थियो। अनादिकालदेखि चलिआएको यस मन्त्रलाई अनन्त ऊर्जाको स्रोत मानिन्छ र यसको जपले विश्व तथा आत्मकल्याणको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

जैन इन्टरनेश्नल ट्रेड अर्गनाइजेशनले यो कार्यक्रम दोस्रो पटक आयोजना गरेको हो। गत वर्ष विश्वभर करिब १ करोड ८६ लाख व्यक्तिले सहभागिता जनाएकोमा यस वर्ष अझ बढी संख्यामा सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन सचिव दीपिका सुरानाले गरेकी थिइन् भने संयोजन कुसुम लुनियाले गरेकी थिइन्।

View : 482

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved