Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एनपिएलः

स्टार ब्याटर फाव डु प्लेसिसलाई लिएर लुम्बिनी लायन्सविरुद्ध उत्रिंदैछ विराटनगर किंग्स

उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

विराटनगर । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आजको खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच हुँदैछ । विराटनगरबाट निकै लामो समयदेखि प्रतिक्षित साउथ अफ्रिकन स्टार ब्याटर फाव डु प्लेसिससहितको टोली मैदानमा उत्रिंदैछ ।

खेल बुधबार अपराह्न ४ बजे हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेल मध्ये चारवटा जितेर आठ अंक जोडिसकेको छ ।

राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले अहिलेसम्म खेलिएका पाँच खेल मध्ये दुईवटा मात्रै जित हात पारेको छ । लुम्बिनीलाई आजको खेल जितेर प्लेअफ स्थानको दाबी बढाउनु पर्ने बाध्यता छ ।

विराटनगर भने जितको निरन्तरताको प्रतिक्षामा रहेको छ ।

View : 179

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved