Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

चार दिन अघि सारियो प्रदेश सभाको बैठक

उद्घोष सम्वाददाता
४ भदौ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । दुई साता पछिका लागि तोकिसकेको कोशी प्रदेश सभाको बैठक चार दिन अघि सारिएको छ । प्रदेश सभा सचिवालयले भदौ १८ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाएको बैठक पुनः अर्को सूचना निकालेर भदौ १४ गते शुक्रबार अपरान्ह १ बजेका लागि सारेको हो ।

प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले सूचना पत्र नं. ०१–२०८१/८२ अनुसारको बैठक सूचना पत्र नं. ०२–२०८१/८२ बमोजिम विशेष कारणले भदौ १४ गते शुक्रबार अपरान्ह १ बजेका लागि बोलाएको बताए ।

झण्डै दुई महिनासम्म प्रदेश सभाको बैठक नबसेपछि दलहरूले बैठक बोलाउन माग गर्न थालेका थिए ।

उनीहरूले सभामुख अम्बर बहादुर बिष्टले बैठक बोलाउन ढिलाई गरेको भन्दै आलोचनामै उत्रिएपछि सभामुख बिष्टको आदेश अनुसार प्रदेश सभा सचिवालयले भदौ १८ गते बैठक बस्ने गरी सूचना निकालेको थियो । तर पुनः सूचनालाई संसोधन गरेर अगाडिकै मितिमा बैठक आह्वान गरिएको हो ।

प्रदेश सभा सदस्यहरूले आफ्नो क्षेत्रका समसामयिक समस्याहरू समेत राख्न नपाएको भन्दै प्रदेश सभाको बैठक बोलाउन माग गर्दै आएका थिए ।

कोशी प्रदेश सभाको अन्तिम बैठक गत असार ८ गते बसेको थियो । त्यसपछि अनिश्चितकालीन रुपमा बैठक स्थगित भएको थियो ।

View : 62

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved